वाग्मती प्रदेश अन्तर्गत दोलखा जिल्लाको बिगु गाउँपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम स्थापना भएको भौगोलिक तथा प्रशासनिक एकाइ हो । दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल बिगु गुम्बाको नामबाट नामाकरण गरिएको यस गाउँपालिकामा ८ वटा वडा रहेका छन् । यस गाउँपालिकाको पूर्वमा गौरीशङ्कर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, उत्तरमा विशाल चिन र दक्षिणमा कालिञ्चोक गाउँपालिका पर्दछन् ।
दोलखाको सदरमुकाम चरिकोटबाट ३३ कि.मि. ६६३.२ वर्ग कि.मि.मा फैलिएको यस गाउँपालिकाको व्यापारिक केन्द्र सिंगटी बजार लाई मुख्य प्रवेशद्वारको रुपमा चिनिन्छ । बिगु गाउँपालिकामा शीर्ष पाँच जातका तामाङ (५,३७०), क्षेत्री (४,००६), थामी (३,५०८), शेर्पा (१,४८६) र नेवार (१,०७०) कुल जनसङ्ख्या १५,४४० रहेका छन्, जुन कुल १८ हजार ४९४ जनसंख्याको ८३.६९ प्रतिशत रहेको छ । बिगु गाउँपालिकामा ।
माथिल्लो तामाकोशी (४५६ मेगावाट), सिंगटी हाइड्रोपावर (२५ मेगावाट), पर्यटकीय स्थल बिगु गुम्बा, देउढुङ्गा, बौलाहा पोखरी, देउलाङेश्वरी महादेव, तातोपानी कुण्ड, गोल्मा राजा दरबार आदि । यसलाई पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको मुख्य आधार मानिएको छ । यो गाउँ गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्छ । यार्सागुम्बा, पञ्चाओले, सर्पगन्धा, चिराइतो, धुपीलगायत जडीबुटीजन्य वस्तु, अलाम्पु ढुङ्गा खानी, बुलुङ तामाखानी, ओराङ तातोपानी ले प्रसिद्ध छन् र यहाको मुख्य बालि गहुँ, मकै, कोदो, धान आदि अन्य वस्तु हुन् ।
Post a Comment